काँकरभिट्टा । कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले सरकारले खानेपानी संस्थाबाट लिने २५ प्रतिशत शुल्कको विरोध जनाएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ३० औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

संस्थाको सभा कक्षमा शुक्रवार आयोजित सभामा प्रमुख अतिथि तामाङले सरकारले ल्याएको उक्त निर्णय विरुद्ध सदनमा आवाज उठाउने समेत बताए ।   सभालाई सम्बोधन गर्दै उनले पानीको महत्वलाई बुझेर यसको दुरुपयोग रोक्नुपर्नेमा जोड दिए । 

संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले उद्घाटन सत्रको अध्यक्षता गर्दै सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  संस्थाले २४ घण्टा नै पानी वितरण गरिहेको उनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

c7d9ca1b-2b2a-46d5-b0b4-6f73d4c779d2

सो अवसरमा कोशी प्रदेशका निर्वतमान सांसद श्रीप्रसाद मैनाली, मेचीनगरका निर्वतमान प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीलगायतले आफ्नो धारणा राखेका थिए ।

सभाको उद्घाटन सत्रमा ज्येष्ठ नागरिक अमिकादेवी ढुंगेल र दिलबहादुर गुरगाईंलाई सम्मान गरिएको थियो ।  यसैगरी, संस्थामा २५ वर्षसम्म अनवरत सेवा गर्ने कर्मचारी सवारी चालक खेमराज खतिवडालाई  नगद ७ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको संस्थाका कार्यालय प्रमुख पोखरेलले बताए । संस्थाका सचिव विशाल तामाडले सन्चालन गरेको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष गोविन्द गिरीले गरेका थिए ।

4762479a-3b00-4ff6-99a4-33e21b836896