मेचीनगर, ९ माघ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर १ मा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । आज उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन भए पनि सबै उम्मेदवार कायम रहेका हुन्। निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार झापा–१ मा दुई स्वतन्त्र सहित १५ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाली काँग्रेसबाट केशवराज पाण्डे, नेकपा एमालेबाट रामचन्द्र उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी, नेपाली कम्युनिष्ट पार्टीबाट अशेष घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज काकी, श्रम संस्कृति पार्टीबाट केवलराम राई, मंगोल नेशनल अर्गनाइजेशन सन्तोष तामाङ, उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावती, नेपाल मजदुर किसान पार्टी हिरण्यप्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु बुरुवा, जनता समाजवादी पार्टीबाट रमा मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानबहादुर साँवा लिम्बु र नेपाल सद्भावना पार्टीबाट ओलिन राजबंशीले उम्मेदवारी दिएका छन् । त्यसैगरी मेचीनगर–८ का गणेशप्रसाद खरेल र दुर्गा प्रसाद साँवा लिम्बु स्वतन्त्र उम्मेदवारका रूपमा रहेका छन् ।

















