मेचीनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फकी उम्मेद्वार निशा डाँगीले घरदैलो अभियानलाई रफ्तारमा अघि बढाएकी छन् ।
१ लाख ३१ हजार ६७ मतदाता संख्या रहेको क्षेत्र नं. १ का घर–घरमा पुगेर उनले मतदातासँग गुनासा, सल्लाह र सुझाव लिँदै आशीर्वाद माग्दै भेटघाट अभियानलाई तीव पारेकी हुन् ।

क्षेत्र नं. १ अन्तर्गत मेचीनगर नगरपालिकाका १५, बुद्धशान्ति शान्ति गाउँपालिकाका ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाका ९ र १० वडाका मतदाताले उत्साहित हुँदै उम्मेद्वार डाँगीलाई भारी मतले विजयी गराउने वाचा गरेका छन् ।

मतदाताको घरदैलोमा पुगिरहँदा उनलाई पाका मात्र नभई वयस्क र युवा वर्गले समेत कम उमेरकी महिला उम्मेद्वारमा देश र जनताको
पक्षमा केही नयाँ गर्ने हुटहुटी रहेको भन्दै शुभेच्छा र शुभकामना व्यक्त गरिरहेका छन् ।वर्षौंदेखि पुराना दलहरुलाई विश्वासको मत दिँदै आए पनि जितेर गएपछि जनताको काम नगरेको भन्दै आफूहरु खुलेरै घन्टीमा मत हाल्ने निधो गरिएको मतदाताहरु बताउँछन् ।