मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन १२ गते झापा आउने भएका छन् । जिल्लाका विभिन्न स्थानमा भ्रमण तथा सम्बोधन गर्न उनी झापा आउने भएका हुन् । निर्वाचन परिचालन सचिवालय झापाले सार्वजनिक गरेको तालिकाअनुसार लामिछानेले १२ गते बिहान ८ बजेदेखि दमकसम्मका विभिन्न स्थानमा छोटो सम्बोधन र रोड शो गर्नेछन् ।
कार्यक्रमअनुसार बिहान ८ः०० बजे झापा–३ को चन्द्रगढी, महेन्द्रपार्कको दक्षिण क्षेत्रमा छोटो सम्बोधन हुनेछ । त्यसपछि कचनकवल र घैलाडुब्बा क्षेत्रमा रोड शो गरिनेछ । बिहान ९ः०० बजे झापा–१ को धुलाबारीमोड, पूजा कम्प्लेक्स अगाडि छोटो सम्बोधन गर्ने तालिका छ ।
सोही क्रममा धाइजनमोड र चारआलीमा पनि रोड शो हुनेछ । झापा १ को काँकरभिट्टाबाट रोड सो सुरु भएर धुलाबारी मोडमा संक्षिप्त कोणसभा हुने पार्टीका झापा सहसचिव भीम कुँवरले जानकारी दिए ।
त्यस्तै बिहान ९ः३५ बजे झापा–२ को बिर्तामोडस्थित सिटी सेन्टर अगाडि छोटो सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि चारपाने, लक्ष्मीपुर र दुर्गापुरमा रोड शो गरिनेछ । बिहान १०ः२० बजे झापा–४ को सुरुंगा चोकमा छोटो सम्बोधन गर्ने र दुहबी, झिलझिले, धरमपुर तथा केरखा क्षेत्रमा रोड शो गर्ने कार्यक्रम रहेको छ । भ्रमणको अन्तिम कार्यक्रम बिहान ११ः१० बजे झापा–५ को दमकस्थित गोर्खा डिपार्टमेन्ट अगाडि छोटो सम्बोधनका साथ सम्पन्न हुने सचिवालयले जनाएको छ ।

















