बिर्तामोड । झापाको कनकाईमा गएराती श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।
राती अन्दाजी ११ बजे कनकाई नगरपालिका-२ सुकेडागीका कविराज हेमरमले घरायसी विवादका क्रममा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए ।
झगडाका क्रममा हेमरमले बर्ष ३३ की श्रीमती पुजा हेमरमको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हतियार प्रहार गरेर फरार रहेका हेमरमलाई राती नै सुरुङगाबाट नियन्त्रणमा लिएको जनाइएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले घटनास्थल शिल गरेर अनुसंधान सुरु गरेको जनाएको छ ।