मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगरको सभापतिमा सन्तोष राजवंशी चयन भएका छन् । सोमबार काँकरभिट्टामा सम्पन्न पार्टीको प्रथम नगर अधिवेशनबाट १३ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । सभापतिमा चयन भएका राजवंशी यसअघि नगर उपसभापति थिए । उनी मेचीनगरको धुलाबारी निवासी हुन् ।
अधिवेशनबाट उपसभापतिमा पुरुषोत्तम काफ्ले, सचिवमा शिशिर पोखरेल, सहसचिवमा गोकुल अधिकारी चयन भएका छन् भने सदस्यहरुमा काजीमान विश्वकर्मा, सुधादेवी खड्का, सुशीला काफ्ले, मैया उप्रेती कट्टेल, दिलबहादुर गजमेर, महेन्द्र्र चौधरी, गोपाल बुढाथोकी, निर्मला सुवेदी, हस्तबहादुर खड्का (विमल) चयन भएका छन् ।
बाँकी २ सदस्य पहिलो बैठकले मनोनित गर्ने झापा सहसचिव भीम कुँवरले जानकारी दिए । यस्तै, अधिवेशनले झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा असिम दाहाललाई सर्वसम्मत चयन गरेको छ ।