मेचीनगर । मेचीनगर ७ स्थित जोरसिमलमा जारी "प्रथम निलसरी च्यालेन्ज कप २०८२" प्रतियोगिताको उपाधिका लागि आज आयोजक युथ जोरसिमल र रेडहर्ष फुटबल क्लब इलाम बिच प्रतिष्पर्धा हुँदैछ ।
आयोजक झापा एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने रेडहर्स एफसी इलाम बेलबारी एफसीलाई पराजित गर्दै उपाधि होडमा प्रवेश गरेको थियो । यी दुई टिम बिच आ फाइनल खेल रोमाञ्चक हुने खेलप्रेमी दर्शक तथा आयोजकले अपेक्षा गरेको छ ।
दुवै टिमले प्रथम निलसरी च्यालेन्ज कपको उपाधि जित्दै आफ्नो नाम दर्ता गराउन चाहान्छन् । उपाधिका लागि आयोजक र रेडहर्स एफसी बिचको खेल दिनको ३ बजेबाट हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।