भद्रपुर।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भद्रपुर नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। शनिबार अधिवेशनबाट प्रेम न्यौपाने सर्वसम्मत रूपमा सभापति चयन भएका छन्।

नगर समितिमा उपसभापतिमा रुद्र प्रसाद चुडाल, सचिवमा प्रेम प्रसाद खनाल, सहसचिवमा टेक बहादुर गुरुङ चयन भएका छन्। यस्तै सदस्यहरूमा पवन रोक्का, श्रवण कुमार पहाडी, राम बहादुर कार्की, अनिता लिम्बू, कञ्चन मुर्मु, दुर्गा गुरागाईं, पुनम कुमारी मेचे, राधाकृष्ण अधिकारी र डिक बहादुर बुढाथोकी चयन भएका छन्।

कार्यक्रममा माननीय सांसद निसा डाँगी, सविता गौतम तथा रास्वपाका केन्द्रिय सदस्य ज्वाला संगौलाको विशेष आतिथ्य रहेको थियो। नेताहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै स्थानीयस्तरमा जनविश्वास बढाउने काममा सक्रिय हुन आग्रह गरेका थिए।