झापा, ९ जेठ । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९औं वार्षिकत्सवको अवसरमा टिकटक प्रतियोगिताको आयोजना गर्ने भएको छ। संस्थाले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता सम्बन्धी जानकारी दिएको हो। संस्थाका अध्यक्ष वीपी भट्टराईका अनुसार सहकारीप्रति सकारात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
‘आजको बचत नै भविष्यको सुरक्षा हो’ भन्ने नारामा केन्द्रित तीन मिनेटको टिकटक भिडियो बनाएर प्रतियोगितामा सहभागी हुन सकिनेछ। संस्थाका व्यवस्थापक प्रह्लाद खड्काले जेठ १५ देखि २५ गतेभित्र भिडियो व्हाट्सएप नं. ९८४१०१०४१८ वा इमेल [email protected] बाट पठाउनु पर्ने बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः रु ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार पाउने छन्। प्रतियोगीका भिडियोहरू संस्थाको आधिकारिक टिकटक पेजमा अपलोड गरिनेछ। असार ४ गते राति १२ बजेसम्मको लाइक, शेयर र भ्यूजको ५० प्रतिशत र प्रस्तुतिको ५० प्रतिशत आधारमा निर्णायक मण्डलले विजेता छनोट गर्नेछ।