काठमाडौँ, जेठ १५ ।  सरकारले नियमित कार्यतालिका अनुसार आज आगामी आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याइएको थियो। हालसम्म  जम्मा १२ खर्ब २९ अर्ब रुपैयाँ मात्र खर्च भएको पृष्ठभूमिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै केही वितरणमुखी कार्यक्रमसहित खर्च र स्रोतको रूपरेखा सार्वजनिक गरेका हुन्।

सरकारले आगामी वर्षका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत खर्च, १० खर्ब ८० अर्ब चालु खर्च र ३ खर्ब ७५ अर्ब वित्तीय व्यवस्थापन खर्च छुट्याएको छ।


खर्च संरचना—

कुल खर्च    M  १९ खर्ब ६४ अर्ब


चालु खर्च स् १० खर्ब ८० अर्ब


पुँजीगत खर्च स् ४ खर्ब ७ अर्ब


वित्तीय व्यवस्थापन खर्च स् ३ खर्ब ७५ अर्ब


वित्तीय व्यवस्थापन खर्च मुख्यतया सार्वजनिक ऋणको सावाँ तथा ब्याज तिर्ने, साथै सार्वजनिक संस्थानमा लगानी गर्न प्रयोग गरिनेछ। यस शीर्षकमा अघिल्ला वर्षहरूसँग तुलना गर्दा वृद्धि भने न्यून देखिएको छ।


स्रोतहरू—

सरकारले बजेट खर्चका लागि निम्न श्रोतहरूमा भर पर्ने योजना बनाएको छ स्


राजस्व — १३ खर्ब १५ अर्ब


वैदेशिक अनुदान  —५३ अर्ब ४५ करोड


वैदेशिक ऋण  —२ खर्ब ३३ अर्ब


आन्तरिक ऋण — ३ खर्ब ६२ अर्ब


यद्यपि, पछिल्ला वर्षहरूमा राजस्व वृद्धि दर घट्दो क्रममा रहेकाले यो राजस्व लक्ष्य कत्तिको व्यवहारिक छ भन्ने प्रश्न उठ्न थालेको छ। सरकारले राजस्व बाँडफाँट बाहेक १३ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट उठाउने योजना सार्वजनिक गरे तापनि, त्यसको यथार्थपरक आधार स्पष्ट देखिएको छैन। अर्थमन्त्री पौडेलले भने, “संतुलित, समावेशी र उत्पादनमुखी बजेटमार्फत आर्थिक स्थायित्व कायम गरिनेछ।” तर, विश्लेषकहरू भन्छन्— बजेटको आकार ठूलो देखिए पनि कार्यान्वयन र स्रोत सुनिश्चिततामा प्रश्नचिन्ह रहन्छ।