झापा । झापाकाे शिवसतासी- ३ मा रहेकाे भानु माध्यमिक विद्यालयले विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञा सुमित्रा बाङ्देल “चेली” रहेकी थिइन । चेलीको पहलकदमीमा बेलायतमा रहेका सुरेन दिम्माली राईको आर्थिक सहयोगमा रु. २० हजार प्रदान गरिएको थियो । सो रकमबाट बालविकास देखि कक्षा ८ सम्म पढ्ने १९ जना विपन्न वर्गका छात्रछात्रालाई शर्ट, पाइन्ट, फ्रक, जुत्ता, मोजासहितको एक सेट पोशाक वितरण गरिएकाे थियाे ।
पोशाक हस्तान्तरण पछि वडा नम्बर- ३ का वडाध्यक्ष भास्कर न्यौपानेले वडाले शिक्षामा गरिरहेका कार्यक्रमको जानकारी गराएका थिए । विधालय समितिका अध्यक्ष राईको भनाइ अनुसार विद्यालयको शैक्षिक सुधारमा अभिभावक, शिक्षक, समुदायको एकजुट प्रयासको खाँचो रहेकाे बताए ।
कार्यक्रममा कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी ११ जनामध्ये दुई जनाले सान्त्वना, द्वितिय, तृतीय अनि प्रथम पुरस्कार पाए । सहभागी सबैलाई सहभागिता पुरस्कार प्रदान गरियो । कार्यक्रमको पुरस्कारको व्यवस्था बाङ्देल “चेली” ले गराएकी थिइन् ।
गुरुगुरुआमा सहित विद्यार्थीहरुलाई प्रेरणा दिने लक्ष्य राखेर शिक्षक कमल नेपाल र राधा बोगटी लुइटेलको कविता वाचन गरिएको थियो । कार्यक्रमको स्वागत सरु भट्टराईको थियो भने कार्यक्रमको संचालन, समन्वय र सहजीकरण शिक्षक खुबबहादुर राई “सञ्जय” ले गरेका थिए ।