धुलावारी । नेकपा एमालेका युवा नेता तथा मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ऋषि तिम्सिनाले पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पार्टी छाडेको घोषणा गर्दै तिम्सिनाले विगतका साथीसँग आभार प्रकट गरेका छन्।
तिम्सिनाले राजनैतिक वितृष्णा मुख्य कारण भएको जनाउँदै लेखेका छन्, गहिरो सोच, स्वमूल्यांकन र अनुभवको आधारमा एमालेबाट अलग भएको घोषणा गर्दछु। इमानदार र शालिन नेताका रूपमा परिचित तिम्सिना लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय थिए।
पार्टी परित्यागपछि अबको यात्राबारे उनले खुलासा नगरे पनि अन्य असल कर्ममा हातेमालो गर्दै अगाडि बढ्ने संकेत गरेका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा उपप्रमुख पदका आकांक्षी तिम्सिना आगामी २०८४ को लक्ष्यमा केन्द्रित रहेको स्रोतले बताएको छ। उनी राष्ट्रिय स्वतन्त्र पाटिमा जाने सक्ने संकेत देखिएको छ ।

















