मेचीनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा निर्वाचन परिचालन समिति गठन गरेको छ । नेकपाले झापा क्षेत्र नं १ मा अषेश घिमिरेलाई उम्मेदवार बनाएको छ । इन्जिनिय्रसमेत रहेका उनी युवा पुस्ताका आशलाग्दा व्यक्तिका रुपमा परिचित छन् । उनी झापा धुलाबारी निवासी हुन् ।  

आज धुलाबारीमा बसेको भेलाले बोधराज दाहाल असिमको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा बिपी भट्टराई छन् । निर्वाचन परिचालन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्य सबै, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु रहने छन् । नेकपाले झापा १ मा अन्य उपसमितिहरु बनाएर उम्मेदवार घिमिरेलाई जिताउन व्यापक रुपमा अभियान थालनी गरेको छ ।