काठमाडौं । नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन भएका छन्। सुहाङ नेम्वाङले आफ्नो उम्मेदवारीबाट पछि हटेपछि थापा सर्वसम्मत दलको नेतामा चयन भएका हुन्।अघि उनीहरूबीच प्रतिस्पर्धा हुने तयारी भएको थियो। तर, सुहाङले प्रस्तावक र समर्थक नपाएपछि चुनावी प्रतिस्पर्धाबाट पछि हटेको एमालेका एक सांसदले  बताए।