झापा । झापाको मेचीनगरमा नवगठित काँकडभिट्टा युवा क्लबको अध्यक्षमा अनिल गुप्ता सर्वसम्मत चयन भएका छन्। उक्त भेलाले समितिको उपाध्यक्षमा मान बहादुर तामाङ, सचिवमा निमा तामाङ, सह–सचिवमा भवानी निरौला तथा कोषाध्यक्षमा माया तामाङ चयन भएका छन्। सदस्यहरूमा नवराज थापा, गौरव गुरुङ, खगेन्द्र ढुङ्गाना, प्रकाश तामाङ, रञ्जीत कार्की, केशव देवकोटा र बिभा तामाङ रहेका छन्।

नवनिर्वाचित अध्यक्ष गुप्ताले क्लबलाई सामाजिक उत्तरदायित्व बहन गर्ने सक्रिय संस्थाका रूपमा अघि बढाइने बताए। उनले समाजमा बढ्दो लागूऔषध दुव्र्यसन, सामाजिक विकृति र विसंगतिविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गरिने, युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा सहभागी गराइने तथा खेलकुद, सामाजिक सेवा, वातावरण संरक्षण र समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। स्थानीय युवालाई एकताबद्ध गर्दै स्वस्थ, सभ्य र समृद्ध समाज निर्माणमा क्लबले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरिएको छ।


3f6c5364-0f7a-40d5-91a6-381ad432885e (1)