मेचीनगर, २९ भदाै । नेपाली कांग्रेसका युवा नेता सुदय पनेरु पछिल्लो समय जनताको सुख–दुःखमा साथ दिने नेताका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्।
मेचीनगर–१० का पनेरु युवामाझ लोकप्रिय छवि बनाउँदै पाका नेताहरूको समेत आशाको पात्र बनेका छन्। विशेषगरी नयाँ पुस्ता र जेन्जी (Gen Z) युवाको भावना, अपेक्षा र परिवर्तनको चाहनालाई बुझ्ने नेताका रूपमा पनेरुलाई हेरिन्छ। नयाँ पुस्ताको आवाजलाई पार्टीको नीति र नेतृत्वसँग जोड्दै कांग्रेसलाई समयअनुकूल बनाउनुपर्ने उनको धारणा छ।
नगर सभापतिको जिम्मेवारी सम्हाल्दा हरेक कार्यकर्ताको समस्या पर्दा उनी सधैं साथमा उभिने गरेको कांग्रेस कार्यकर्ताहरू बताउँछन्। व्यक्तिगत समस्या होस् वा संगठनसँग सम्बन्धित विषय, समाधानका लागि पहल गर्ने उनको शैलीले कार्यकर्तामाझ विश्वास बढाएको छ।
युवाको ऊर्जा र अग्रजको अनुभवलाई सँगसँगै अघि बढाउँदै संगठनलाई बलियो बनाउने लक्ष्य लिएका पनेरु अहिले क्षेत्रीय सभापतिको तयारीमा छन्। जनताको विश्वासलाई आफ्नो राजनीतिक यात्राको सबैभन्दा ठूलो शक्ति मान्ने पनेरु भन्छन्, “पदभन्दा जनताको विश्वास ठूलो हो।”

















